लक्ष्मी बैंकले एफवान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ।
स्मार्ट फोन लोन एक कर्जारुपी सेवा हो जसअन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एप बाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन्।
कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ।
हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ।
आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो।
यो कर्जा पूरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदनविना नै लिन सकिन्छ र यो पूर्वस्वीकृत हुने हुँदा कुनै धितोविना प्रदान गरिनेछ।
सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुनेबित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया