मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) राति केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश नं १, बागमती, गण्डकी तथा सुदुरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जन र हल्का वर्षा हुने सम्भावना देखिएको हो।
साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
3
Shares

प्रतिक्रिया