समाज


अधिकांश संक्रमित उपत्यकामा

अधिकांश संक्रमित उपत्यकामा

नेपालखबर
फागुन ३, २०७७ सोमबार १२:५८,

पछिल्ला दिनमा कोरोना संक्रमणको दर घट्दै गए पनि संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन्।

बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७३ छन्। हालसम्म काठमाडौंमा एक लाख दुई हजार १७५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये एक लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ। अझै पनि काठमाडौंमा एक हजार सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या १४४ छन्। हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ। कोरोना मुक्त हुनेको दर ९८.७ प्रतिशत पुगेको छ।

बितेको २४ घन्टामा कोरोनाका कारण दुुई जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट दुई हजार ५५ जनाले ज्यान गुमाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad