ad ad

समाज


नेपालमा लगाइरहेको कोभिसिल्ड खोपबारे नयाँ तथ्य

नेपालमा लगाइरहेको कोभिसिल्ड खोपबारे नयाँ तथ्य

नेपालखबर
फागुन ३, २०७७ सोमबार ३:४,

अहिले नेपालमा लगाउने क्रम जारी रहेको कोरोनाविरुद्धको खोप कोभिसिल्डबारे नयाँ रिपोर्ट सार्वजनिक भएको छ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले दिएको जानकारीअनुसार कोभिसिल्डबारे द लान्सेट पत्रिकामा नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो।

रिपोर्टअनुसार अक्सफोर्ड/एस्ट्राजेनेकाद्वारा विकसित खोप (कोभिसिल्ड) को दोस्रो डोज ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४.९ प्रतिशत प्रभावकारी देखिएको छ भने १२ हप्ता वा बढीको अन्तरालमा लगाउँदा ८२.४ प्रतिशत प्रभावकारी देखिएको छ।

तर विश्व स्वास्थ्य संगठनले लामो अन्तरालमा खोप लगाउनुको कुनै विशिष्ट कारण नभएको बताएको छ।

त्यस्तै पहिलो डोज खोप लगाएका व्यक्तिमा ३ महिनासम्म कोरोना संक्रमण सर्ने सम्भावना ६७ प्रतिशत कम हुन्छ भने ३ महिनामा दोस्रो मात्रा लगाउँदा संक्रमण नसर्ने सम्भावना ८२.४ प्रतिशत हुन्छ।

पहिलो खोप लगाएको २२ दिनपछि संक्रमण भएमा संक्रमित व्यक्ति गम्भीर हुने तथा अस्पताल भर्ना हुनुपर्ने सम्भावना कम हुन्छ। त्यस्तै ३ हप्तापहिले दोस्रो मात्रा लगाएमा त्यसको ४ हप्तापछि तेस्रो मात्रा लगाउनुपर्ने अर्को अध्ययनले देखाएको छ।

धेरै अध्ययनको निचोड छ– कोभिसिल्ड खोपको दोस्रो मात्रा ४ हप्तादेखि १२ हप्तासम्म लगाउनु उपयुक्त हुन्छ।

कतिपय अध्येताले भने खोपको अभाव भएको हुँदा दोस्रो मात्रा लगाउने समयान्तर बढाउँदै ३ महिना बनाउन खोजेको आशंका गरेका छन्।

भारतमा कोभिसिल्ड खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ। जसको १० लाख डोज भारत सररकाले नेपाललाई निःशुल्क उपलब्ध गराएको छ। अहिले त्यही लगाउने क्रम चलिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .