ad ad

राजनीति


विवेकशील साझा पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग गठन

विवेकशील साझा पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग गठन

नेपालखबर
फागुन ३, २०७७ सोमबार २:४१,

विवेकशील साझा पार्टीले आफ्नो सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा विभाग गठन गरिएको हो।

पार्टीका गतिविधिलाई आम सञ्चार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग जोड्न विभाग गठन गरिएको विभागका प्रमुख परियारले बताए।

नवगठित सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हरिशप्रसाद भट्ट तथा सदस्यमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन चयन भएका छन्।

यसैगरी पार्टीका प्रवक्ता शरदराज पाठक र केन्द्रीय कार्यालय व्यवस्थापन विभागका प्रमुख दीपकप्रसाद उप्रेती विभागका पदेन सदस्य बनेका छन्।

bibeksilsanchar

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .