ad ad

समाज


भक्तपुरमा वासिङ मेसिनमा च्यापिएर ३८ वर्षीया महिलाको मृत्यु

भक्तपुरमा वासिङ मेसिनमा च्यापिएर ३८ वर्षीया महिलाको मृत्यु

नेपालखबर
फागुन ३, २०७७ सोमबार ०:४३,

भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीमा वासिङ मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

सूर्यविनायक ५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा कार्यरत ३८ वर्षीया कमला केसीको वासिङ मेसिनमा च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दीपक गिरीले जानकारी दिए।

दोलखा भिमेश्वर नगरपालिका ९ लाकुरीडाँडा घर भई हाल भक्तपुर बस्ने केसी काम गर्ने क्रममा आइतबार अचानक वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा च्यापिएकी थिइन्।

प्रहरीका अनुसार कम्पनीका सञ्चालक साजन पराजुलीले बेहोस अवस्थामा केसीलाई फेला पारेपछि उपचारको लागि मध्यपुर अस्पताल ठिमी पुर्याएका थिए। अस्पतालका चिकित्सकले केसीलाई मृत घोषण गरेका थिए।

घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .