डेलिभेरी डेट नजिकिँदै गर्दा उनी घरमै आराम गर्नुपर्ने हो। तर उनी आफ्नो काममा व्यस्त छिन्।
शनिबार सार्वजनिक भएका तस्बिरहरुमा उनी आफ्ना कम्पनीका कर्मचारीसँग कामका लागि हिँडेको देखिन्छ।
हिन्दुस्तान टाइम्सका अनुसार करिना कपुरको डेलिभेरी डेट नजिकै आउँदै गर्दा अहिले उनी फोटोसुट र ब्रान्ड विज्ञापनजस्ता काममा व्यस्त छिन्।
गर्भवती भएर पनि कामप्रति कर्तव्यनिष्ठ भएको भनेर धेरैले उनको प्रशंसा गरेकी छन्।
शनिबार सार्वजनिक तस्बिरहरुमा उनी भर्याङ आफ्नो बेलीबम्प पक्रिएर हिँडेको देखिएको छ।

करिनाकी पिता रणधिर कपुरले हालै बलिउड बबललाई छोरीको डेलिभिरी डेट फेब्रुअरी १५ भएको बताएका थिए।
उक्त समय आउन अब मात्र दुई दिन बाँकी छ। उनका पति सैफ अलि खानले भने यसअघि फेब्रुअरीको सुरुवाती दिनमै आफूहरुले दोस्रो सन्तान पाउने बताएका थिए।
सैफ र करिनाले सन् २०१२ मा विवाह गरेका थिए। दुवै भारतका चर्चित कलाकार हुन्।
उनीहरुको पहिलो सन्तानको नाम तैमुर खान हो। हाल उनीहरुको छोराको उमेर ४ वर्ष पुगेको छ।

प्रतिक्रिया