गाउँ-घरका विषयलाई टपक्क टिपेर उम्दा कथा बुन्ने भारतेली नेपाली साहित्यकार समीरण क्षेत्री (‘प्रियदर्शी) निधन भएको छ। आज बिहान ६ बजी सिलगढ़ीको कोलाबारीस्थित आफ्नै घरमा उनको ८६ वर्षको उमेरमा निधन भएको हो।
साहित्यकार प्रियदर्शी पछिल्ला केही दिनयता बिरामी थिए। उनका कथा र उपन्यासका गरी एक करिब एक दर्जन कृति प्रकाशित छन्।
‘गैरी गाउँकी चमेली’ (कथा सङ्ग्रह) का लागि उनले २००९ सालमा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। उनका बलिवेदी उपन्यास पनि उत्तिकै चर्चित छ।
दार्जिलिङमा जन्मेर जीवनका धेरै वर्ष गान्तोक (सिक्किम) मा बिताएका प्रियदर्शीले लामो समयसम्म पत्रकारिता पनि गरेका थिए। उनले गान्तोकमै छँदै झिल्का नामक साप्ताहिक समाचार पत्रको सम्पादन प्रकाशन पनि गरेका थिए।
त्यसैगरी गान्तोकबाटै प्रकाशित हुने हिमाली बेला दैनिक समाचारमा केही वर्ष सम्पादकका रूपमा पनि कार्य गरेका थिए।

प्रतिक्रिया