राजनीति


आज ‘सिंहदरबार महिला मार्च’ : ‘बलात्कारी संरक्षण गर्ने सत्ता चाहिँदैन’

आज ‘सिंहदरबार महिला मार्च’ : ‘बलात्कारी संरक्षण गर्ने सत्ता चाहिँदैन’

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ४:३२,

बलात्कार र हत्याविरुद्ध आज (शुक्रबार) काठमाडौंमा ‘सिंहदरबार महिला मार्च’ हुने भएको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनअन्तर्गत महिला अगुवाको नेतृत्वमा आज काठमाडौंको वसन्तपुरदेखि सिंहदरबारसम्म महिला मार्च गर्न लागिएको हो।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘हामी मार्चको तयारी गरिरहेका छौं।’

बृहत् नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, कैलाश राई लगायत ८ अगुवा महिलाको नेतृत्वमा दिउँसो २ बजे वसन्तपुरदेखि न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबारको मूलगेटसम्म महिला मार्च गरिने भएको हो।

उनीहरूले भनेका छन्, ‘हामी सडकबाट चुनौती दिन्छौं– एकपछि अर्काे बलात्कारीलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्काे बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन।’

‘मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्म– यो सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ’, उनीहरूले जारी गरेको अपिलमा भनिएको छ, ‘पुरुषप्रधान कानुन र सत्ताको आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन।’ 

मार्चमा सहभागिता लागि मंगलबार नै जारी अपिल यस्तो छ :

mahilamarchapress

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad