ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ।
राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो।
उनलाई घरबाटै शनिबार उद्धार गरेर उपचारको लागि विराटनगर लगिएको छ। लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बुले जानकारी दिए।
बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको हो।
‘हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएका हौँ,’ उनले भने, ‘विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उहाँको उपचार भइरहेको छ।’
Shares

प्रतिक्रिया