समाज


आज सोनाम ल्होसार, देशैभरी सार्वजनिक बिदा

आज सोनाम ल्होसार, देशैभरी सार्वजनिक बिदा

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ३:२८,

तामाङ समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाउँदैछन्। माघशुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

ल्होसार पर्वका अवसरमा देशैभरी विविध कार्यक्रम हँदैछन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु भएको छ। आजदेखि मुसा वर्ष पूरा भई गाई वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

सोनाम ल्होसर पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसरका अवसरमा शुभकामना सन्देश दिएका छन्। शुभकामना सन्देशमा भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको उल्लेख गरिएको छ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल लगायतले पनि ल्होसारका अवसरमा शुभकामना दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad