समाज


नेपालमा पनि लगाइरहेको कोरोना खोप बढी प्रभावकारी देखियो, प्रयोग बढाऔं : विश्व स्वास्थ्य संगठन

नेपालमा पनि लगाइरहेको कोरोना खोप बढी प्रभावकारी देखियो, प्रयोग बढाऔं : विश्व स्वास्थ्य संगठन

नेपालखबर
माघ २९, २०७७ बिहिबार १:५६,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको प्रयोग बढाउन सिफारिस गरेका छन्।

बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा फाइदा बढी देखिएको बताएका हुन्।

एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप भारतले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ र नेपाललाई पनि १० लाख डोज निःशुल्क उपलब्ध गराएको छ। जुन अहिले देशभर लगाउने क्रम जारी छ।

          याे पनि :  शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न आग्रह

स्ट्राटेजिक एडभाइजरी ग्रुफ अफ एक्सपर्ट्स (एसएजीई) ले आफ्नो सिफारिमा भनेको छ- डब्ल्यूएचओद्वारा समीक्षा गरिएको तथ्यांकले यस (हानिभन्दा लाभ बढी) कुराको पुष्टि गर्छ।

बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका–अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३.०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन्।

एसएजीईले दोस्रो डोज ८ देखि १२ हप्ताभित्र दिन पनि सिफारिस गरेको छ। धेरैजसो खोपमा यस्तो अन्तर २४ दिनको राख्ने गरिएको छ। अक्सफोर्डको खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसका लागि पनि सुरक्षित देखिएको दाबी गरिएको छ।

विशेषज्ञको टोलीले एस्ट्राजेनेका–अक्सफोर्डको खोप कोरोनाको नयाँ प्रकारविरुद्ध भने कम प्रभाव देखिएको बताएको छ। तर पनि कोरोनाको नयाँ स्वरूप फैलिएको दक्षिण अफ्रिकामा पनि यो खोप लगाउन सिफारिस गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad