छापा खबर


मोरङमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, आरोपी सबै फरार

मोरङमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, आरोपी सबै फरार

नेपालखबर
माघ २९, २०७७ बिहिबार १:४३,

रातको समयमा शौच गर्न निस्किएकी किशोरीमाथि सामूहिक बलात्कार गरिएको छ। सोमबार राति मोटरसाइकलमा आएका दुई युवाले अपहरणपछि १४ वर्षीया ती किशोरीलाई बलात्कार गरेका प्रहरीले जनाएको छ।

घटनास्थल मोरङको जहदा गाउँपालिका–१ नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्छ। उक्त ठाउँ बालिकाको घरभन्दा करिब डेढ किलोमिटर पर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए।

राति करिब ९स्३० बजेतिरजबरजस्ती मोटरसाइकलमा लैजाँदै गरेको देखेपछि छिमेकीले परिवारका सदस्यलाई जानकारी दिए। छोरी घर नफर्किएपछि करिब ११ बजेतिर हल्लाखल्ला गर्दै अभिभावक र स्थानीय बासिन्दा खोजीमा निस्किए। तर फेला पार्न सकेनन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

त्यसको दुई घण्टापछि बालिका अत्तालिँदै घर आइपुगिन्। स्थानीय वीरेन्द्र राजवंशीका अनुसार मोटरसाइकलमै ल्याएर बालिकालाई घरनजिक छाडिदिएपछि बलात्कारी भागेका थिए। बालिका निक्कै डराएकी, आत्तिएकी र मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेकी थिइन्। पछि बालिकाले आफूमाथि बलात्कार भएको सुनाएकी थिइन्।

प्रहरीले घटनाराति १ बजेतिर मात्रै थाहा पायो। खोजी गर्दा बलात्कारमा संलग्न फेला नपरेपछि मात्र आफन्त र स्थानीयले नै ढिलो गरेर घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका डीएसपी थापाको भनाइ छ। त्यसपछि खोजी थालेको प्रहरीले पनि बलात्कारमा संलग्न युवालाई फेला पार्न सकेन।

‘घटनालगत्तै प्रहरीलाई जानकारी दिइएन।गाउँले आफैं होहल्ला गर्दै खोजीमा निस्किएछन्। त्यो कुरा चाल पाएर बलात्कारमा संलग्नहरूले भाग्ने मौका पाए,’ डीएसपी थापाले भने, ‘घटना सुन्नेबित्तिकै खोजी थालिए पनि उनीहरू भागिसकेका थिए।घटनास्थलबाट भारतीय भूमि नजिकै भएका कारण भारततिर नै फरार भएको आशंका छ।’

बलात्कारमा संलग्न दुवै जनाको पहिचान भइसकेको छ।प्रहरीले घटनामा संलग्नजहदा–१ का २२ वर्षीय दिपेशकुमार यादव र २१ वर्षीय अजय बैठाको खोजी गरिरहेको छ। दुवै जना अहिले गाउँबाट फरार छन्। उनीहरूको खोजीमा सहयोग गर्न नेपाल प्रहरीले भारतीय प्रहरीलाई पनि आग्रह गरेको छ।

यस घटनाको गम्भीर ढंगले अनुसन्धान थालिएको प्रहरीले जनायो। घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापालाई खटाइएको छ। उनकै नेतृत्वको टोलीले घटनास्थल मुचुल्का उठाउँदै घटनाका बारेमा परिवारका सदस्य तथा स्थानीय बासिन्दासँग जानकारी लिने काम गरिरहेको छ।

डीएसपी थापाले घटनामा प्रयोग गरेको को २२ प १८१६ नम्बरको डिस्कभर मोटरसाइकल स्थानीय उदितचन्द यादवको घरनजिक फेला परेको जानकारी दिए।

रातको समय भएकाले आफूलाई लैजानेलाई पीडित बालिकाले चिन्न सकिनन्। कुराकानी गर्ने क्रममा उनीहरूले एकअर्काको नाम लिएपछि चिनजानकै व्यक्ति भएको बालिकाले पत्तो पाइन्। मुख थुनिदिएका कारण आफूले बोल्न नसकेपछि घरदेखि निक्कै पर पराल थुपारेको बारीमा लगेर कपडा खोल्न लगाउँदै आफूमाथि बलात्कार गरेको बालिकाले बताइन्।बालिकाले कसैलाई सुनाएमा मारिदिने धम्कीसमेत उनीहरूले दिएकाप्रहरीले जनाएको छ।

पीडित बालिकालाई माइती नेपालको संरक्षण गृहमा राखिएको छ। ‘बलात्कृत बालिका अझै मानसिक रूपमा विक्षिप्तजस्तै छिन्,’ डीएसपी थापाले भने, ‘कोसी अस्पतालमा उपचारपछि संरक्षणका लागि संस्थाको जिम्मा लगाइएको छ।’हाल बालिकालाई आवश्यक काउन्सिलिङ गर्ने काम भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad