बहराइनमा रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिइएको छ।
बहराइनका स्वास्थ्य अधिकारीहरूले बुधबार स्पुट्नीक भी खोपलाई आपत्कालीन अवस्थामा उपभोगका लागि अनुमति दिइएको हो।
राष्ट्रिय स्वास्थ्य नियामक निकाय (एनएचआरए)ले स्पुट्नीक भी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्नेगरी अनुमति दिइएको जनाएको छ।बहराइनमा कोरोनाविरुद्धका अन्य खोपहरूको प्रयोग भने यसअघिदेखि नै हुँदै आएको थियो।
‘वैज्ञानिक तथा चिकित्सकीय परीक्षण गर्दा यो खोप पनि उपभोगका लागि उपयुक्त देखिएकाले प्रयोग गर्न अनुमति दिइएको हो,’ एक अधिकारीले भने।।
उनीहरूले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा पनि जोड दिएका छन्। एजेन्सी

प्रतिक्रिया