दक्षिणी प्रशान्त सागरको न्यु क्यालेडोनिया टापुमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७.७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पपछि अस्ट्रेलिया, न्युजिल्यान्ड र फिजीमा सुनामी आउने खतरा रहेकाले सतर्क रहन चेतावनी जारी गरिएको छ।
सुनामी वार्निङ सेन्टरका अनुसार भूकम्प गएलगत्तै प्रशान्त महासागरमा ३ फिट अग्लो छाल मडारिएको छ।
अस्ट्रेलिया र न्युजिल्यान्ड बीचमा अवस्थित यो सुन्दर समुद्री टापु फ्रान्समा पर्छ। जहाँ ३ लाख मानिस बसोबास गर्छन्। भूकम्पले न्युजिल्यान्ड, फिजी र भानुआटुलाई बढी जोखिममा पार्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन्।
शक्तिशाली भूकम्प गइरहने भएका कारण यो क्षेत्रलाई खतराको सूचीमा राखिएको छ।

प्रतिक्रिया