भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर आएको भीषण बाढीमा परी मृत्यु भएकामध्ये एक जना नेपाली पनि परेका छन्।
चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म फेला परेका ८ शवमध्ये एक जना नेपाली पनि रहेका हुन्। तर उनको नाम र ठेगाना खुुलिसकेको छैन।
तर साेमबार अपराह्नसम्म शवकाे संख्या १८ पुगेको बीबीसी हिन्दीले जनाएको छ।
याे पनि : १८ शव फेला, सुरुङभित्र फसेका ३४ जनालाई निकाल्ने प्रयास हुँदै

प्रतिक्रिया