ad ad

समाज


ठाउँ-ठाउँमा आगलागी : मानवीय र भौतिक क्षति

ठाउँ-ठाउँमा आगलागी : मानवीय र भौतिक क्षति

नेपालखबर
माघ २०, २०७७ मंगलबार १४:४१,

मुलुकका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका आगलागीमा परेर मानवीय क्षतिसँगै लाखौको भौतिक वस्तु नोक्सानी भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँसहित सुनसरी, मोरङ, लमजुङ, सिन्धुली, सोलुखुम्बु, भोजपुरलगायत जिल्लामा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आगलागीमा परी एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। आगलागीमा रु १० लाखभन्दा बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन शर्माले जानकारी दिए।

मोरङको रतुवामाई नगरपालिका–४ आमबारीकी ४९ वर्षीया महिलाको आगोले पोलेर मृत्यु भएको जनाइएको छ। आगोले पोलेर घाइते भएकी उनको उपचारका क्रममा ज्यान गएको हो।

मोरङकै उर्लाबारीस्थित चुलोबाट आगो परालको माचमा सल्की दुई वटा गोठमा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको र यहाँस्थित रङ्गेली नगरपालिका–८ चाइनागेटस्थित एक घरको भान्सामा अचानक आगलागी हुँदा अन्नपात, भाँडावर्तन, काठपातसहित लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।

सुनसरीको हलैया भन्ने स्थानमा घुर ताप्ने क्रममो साडीमा आगो सल्किँदा एक महिलाका घाइते भएको र लमजुङ सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा मकलमा आगो राखी ताप्ने क्रममा अचानक साडीमा आगो सल्किँदा महिला घाइते भएको जनाइएको छ। उनलाई थप उपचारका कीर्तिपुर अस्पताल ल्याइएको प्राधिकरणले जनाएको छ।

यस्तै काठमाडौंको नेपालटारस्थित कुखुराको पोल्टी फर्ममा विद्युत् सर्ट भई आगालागी हुँदा चार हजार बढी कुखुरा पूर्णरुपमा जली नष्ट भएको र त्यहाँ रु छ लाख ५२ हजार बढी क्षति भएको जनाइएको छ। सिन्धुली सुनकोशीस्थित जङ्गलमा र सोलुखुम्बुको दोधीस्थित एक घरमा खाना पकाउने क्रममा प्रेसरकुकर पड्की आगलागी हुँदा रु दुई लाख ५० हजार बढीको क्षति भएको छ।

उता भोजपुरको खकल्लास्थित एक घरमा खाना पकाउने चुल्लोबाट अचानक आगो सल्की आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको प्राधिकरणले उल्लेख गरेको छ।

प्राधिकरणका अनुसार यही वैशाखयता आगलागीका मात्रै एक हजार ६०० घटना भएको छ। उक्त घटनामा ५९ जनाको मृत्यु भएको र २८१ जना घाइते भएको जनाइएको छ । आगलागीबाट अहिलेसम्म रु एक अर्बभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .