अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेडबीच सामुहिक दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ।
मंगलबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मिगहोल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिसँगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिगहोल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमासम्बन्धी सेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेडबाट लिन सकिने मिगहोल्डिङस लिमिटेडले जनाएको छ।
प्रतिक्रिया