समाज


सिन्धुपाल्चोकको निर्माणाधीन माझी बस्ती ऋणमा रहेको स्वेता खड्काको गुनासो, सहयोग गर्न अपिल

सिन्धुपाल्चोकको निर्माणाधीन माझी बस्ती ऋणमा रहेको स्वेता खड्काको गुनासो, सहयोग गर्न अपिल

नेपालखबर
माघ २०, २०७७ मंगलबार १०:३५,

स्वेता श्री फाउण्डेसनको तर्फबाट माझी बस्ती बनाउने घोषणा भएको थियो। तर हालसम्म पनि उक्त माझी बस्तीको निर्माण सम्पन्न भएको छैन।

मंगलबार स्वेता खड्काले सिन्धुपाल्चोकको निर्माणाधीन माझी बस्ती ऋणमा रहेको जानकारी दिएकी छिन्। उनले यस बस्ती निर्माण सम्पन्न गर्न सहयोगको अपिलसमेत गरेकी छिन्।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमवुद्ध क्रिकेट रंगशालाको जस्तै अवस्था सिन्धुपाल्चोकको माझी बस्तीको भएको उनको भनाइ रहेको छ।

उनले सहयोग गर्छु भन्नेले सहयोग नगरेपछि बस्तीको निर्माण कार्य अलपत्र परेको गुनासो गरेकी हुन्।

उनले सहयोग गर्छु भन्नेहरुले सहयोग नगरे त्यो गरिबमाथिको खेलवाड हुने बताएकी छिन्।

'धुर्मुस सुन्तली फाउण्डेशन' को झै हाम्रो पिंडा पनि उहि हो । निर्माणाधिन माझी बस्तीले पनि रिण बोकेर नै बसेकोछ । स्थानिय...

Posted by Shweta Khadka on Monday, February 1, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad