ad ad

समाज


कोरोना संक्रमणको कारण कांग्रेस नेता आचार्यको निधन

कोरोना संक्रमणको कारण कांग्रेस नेता आचार्यको निधन

नेपालखबर
माघ १९, २०७७ सोमबार ४:०,

नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ।

कोभिड-१९ बाट संक्रमण भई काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो।

कोरोना भाइरसबाट संक्रमण भएपछि आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए। आचार्यलाई पछिल्लो पाँच दिन भेन्टिलेटरमा रोखर गरिएको थियो। कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार आचार्यको निधन भएको उनका कान्छा भाइ युवराज आचार्यले जानकारी दिए।

आचार्यको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।

यसैगरी विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वसांसद डा.रामबहादुर बिसी, नेपाल मेडिकल एशोसिएशनका पूर्वअध्यक्ष डा मुक्ति श्रेष्ठलगायत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। आचार्य लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .