ad ad

राजनीति


म्यानमारमा सैनिक ‘कु’ भएपछि कांग्रेसका प्रवक्ता शर्माले भनेः हामी हरेक प्रतिगमनविरुद्ध छौं देशमा होस् वा परदेशमा

म्यानमारमा सैनिक ‘कु’ भएपछि कांग्रेसका प्रवक्ता शर्माले भनेः हामी हरेक प्रतिगमनविरुद्ध छौं देशमा होस् वा परदेशमा

नेपालखबर
माघ १९, २०७७ सोमबार ३:४६,

म्यानमारमा आज (सोमबार) राष्ट्रपतिसहित सत्ताधारी दलका नेताहरूहरूलाई नियन्त्रणमा लिँदै सेनाले राज्यसत्ता कब्जा गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो देशमा भएको प्रतिनिधि सभा विघटनलाई समेत जोड्दै घटनाको विरोध गरेका छन्।

प्रवक्ता शर्माले म्यानमारमा गरिएको सैनिक कुविरुद्ध विश्व समुदायले नै संघर्ष गर्न जरुरी रहेको बताएका छन्।

‘म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी, निर्वाचन निष्क्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय,’ कांग्रेस प्रवक्ता शर्माले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यद्यपि रोहिङ्या समुदायमामथि सुकी सत्ताको व्यवहारको पुरानो घटना अमानवीय थियो। तर मानवीयताको बाटो फेरि पनि लोकतन्त्र नै हो । हामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा।’

याे पनि : म्यानमारमा सेनाले गर्‍यो सत्ता कब्जा, एक वर्षका लागि संकटकाल घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .