क्युबामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको छ।
रक्षा मामिला मन्त्रालयले शनिबार जनाएनअनुसार स्थानीय समयअनुसार शुक्रबार होलग्विन प्रान्तबाट ग्वान्टानामोतर्फ उडेकाे हेलिकप्टर केही समयमै दुर्घटना भएको हो।
हेलिकप्टर उडेको केही मिनेटमा क्युबाको एक पहाडी क्षेत्रमा दुर्घटना भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी दिएको छ।
दुर्घटनाबारे छानबिन गर्न आयोग बनाएकाे मन्त्रालयले जनाएकाे छ। मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी भने गराइएको छैन। एजेन्सी

प्रतिक्रिया