ad ad

अटो


फोर्डले पहिलोपटक चीनमा उत्पादन गर्दै विद्युतीय मस्टाङ कार

फोर्डले पहिलोपटक चीनमा उत्पादन गर्दै विद्युतीय मस्टाङ कार

नेपालखबर
माघ १७, २०७७ शनिबार १७:८,

चर्चित सवारीसाधन ब्रान्ड फोर्डले विद्युतीय मस्टाङ गाडी चीनमा उत्पादन गर्ने भएको छ। कम्पनीले पहिलोपटक चीनबाट विद्युतीय मुस्ताङ उत्पादन गर्नलागेको हो।

अमेरिका कार निर्माताले यही वर्षको अन्त्यतिर मस्टाङ म्याक–ई उत्पादन थाल्ने बताएको छ  चीन विद्युतीय सवारीसाधनको ठूलो बजार हो।

यसअघि नै यो महिनाको सुरुतिर टेस्लाले आफ्नो मोडल वाई शांघाईमा रहेको फ्याक्ट्रीबाट उत्पादन सुरु गरेको थियो।

सबैजसो पश्चिमेली सवारीसाधन कम्पनीले चीनलाई लक्षित गरी उत्पादन थालिरहेका छन्। विद्युतीय सवारीसाधनको व्यापार फस्टाउँदो अवस्थामा रहेकाले कम्पनीहरु चीनतर्फ बढी आकर्षित भएका हुन्।

फक्सवागनले पनि चाँडै चीनस्थित नयाँ निर्मित दुईवटा कारखानाबाट विद्युतीय सवारीसाधन उत्पादन गर्ने बताइसकेको छ। चीन विश्वकै ठूलो कार बजार हो।

यहाँ हरेक वर्ष दुई करोड कार बिक्री हुन्छन्। गत बिहीबार जर्मनीको डायम्लरले २०२० को लागि बलियो नतिजा सार्वजनिक गरेको थियो।

चिनियाँ अर्थतन्त्र सुधारिँदो क्रममा रहेको र सरकारी नीति पनि विद्युतीय सवारीसाधन मैत्री देखिएको कारण फोर्डले पनि नयाँ उत्पादनको तयारी गरेको हो।

नयाँ विद्युतीय मस्टाङ स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) हुनेछ।

मुस्ताङ एसयूभीको आयात खर्चिलो समेत भइरहेको सन्दर्भमा स्थानीय तहमै उत्पादनको तयाारी भएको बताइएको छ।

फोर्डले गत वर्ष मार्चमा चीनमै बनेको लिंकन सार्वजनिक गरेको थियो । यद्यपि चीनमा फोर्ड प्रतिस्पर्धात्मक स्तरमा उक्लिनसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .