समाज


चीनमा कोरोना परीक्षणका लागि मलद्वारको स्वाब

चीनमा कोरोना परीक्षणका लागि मलद्वारको स्वाब

नेपालखबर
माघ १४, २०७७ बुधबार ११:२७,

चिनियाँ विज्ञहरुले मलद्वारको स्वाब कोरोना पत्ता लगाउने भरपर्दो विधि भएको बताएका छन्।

यद्यपी चिनियाँ सामाजिक सन्जाल विबोमा मलद्वारको स्वाब लिने विधिको विरोध भएको छ।

विबोको सर्वेक्षणमा सहभागी ८० प्रतिशतले यस विधिलाई आफूहरुले स्वीकार नगर्ने बताएका छन्।

सीसीटीभीलाई दिएको अन्तर्वार्तामा बेइजिङको यूआन अस्पतालका डाक्टर लि तोङजेङले भनेका छन्,‘मलद्वारबाट स्वाब लिइए यसबाट कोरोना संक्रमित पत्ता लगाउने दर बढ्नेछ।’

गतहप्ता केही क्षेत्रमा सरकारी अधिकारीहरुले मलद्वारबाट स्वाब लिएको बताइएको छ। घाँटी र नाकबाट लिइने स्वाबभन्दा यस विधि झनै भरपर्दो भएकाे बताइएको छ। वासिङ्टन पोस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad