ad ad

समाज


महोत्तरीको बलवामा दैनिक गोमन सर्प निस्केपछि नागदेउता भन्दै हेर्नेको भीड

महोत्तरीको बलवामा दैनिक गोमन सर्प निस्केपछि नागदेउता भन्दै हेर्नेको भीड

शैलेन्द्र महतो
माघ १४, २०७७ बुधबार १०:१५,

महोत्तरीको बलवा नगरपालिकाको रौजाटोलमा दैनिक गोमन सर्प निस्कने गरेको छ।

बलवा नगरपालिका ११ रौजा टोलका स्थानीय सतलाल राउतको खेतको आलीमा एउटै गौमन सर्प दैनिक रुपमा निस्किने गरेको स्थानीय मनोज पटेलले जानकारी दिए।

मनोजका अनुसार करिब एकमहिनादेखि दैनिक दिउँसो दुलोबाट निस्किने सर्प नजिक जाँदा समेत मानिसहरुलाई केहि नगर्दा नाग देउता भन्दै स्थानीयले पूजाअर्चना समेत गर्ने गरेका छन्।

गोमनलाई सुरुमा घाँस काट्न गएका महिलाहरुले देखेका थिए। नियमित सर्पलाई देखेपछि महिलाहरुले स्थानीयलाई जानकारी गराएका थिए।

स्थानीयले जानकारी पाएपछि हेर्न सयौं मानिस पुग्ने गरेका छन्। सर्प निस्किने ठाउँमा स्थानीयले सरसफाई गरी बाँसको बार लगाएका छन्।

दिउँसो १२देखि साढे १२ बजेसम्ममा दुलोबाट निस्कने र दिउँसो चारबजेसम्ममा दैनिक रुपमै दुलोमा पस्ने गरेको स्थानीयको भनाइ छ।

‘नजिक जाँदा, जिस्काउँदा पनि मानिसहरुलाई सर्पले केहि गर्दैन। त्यसैले दिनहुँ वरपरका गाउँबाट सयौंको संख्यामा स्थानीयहरु नगदेउता भन्दै दर्शन तथा पूर्जाअर्चना गर्न आउँछन्’ स्थानीय मनोजले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .