नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमित हुनेमा १३० जना महिला र १७३ जना पुरुषरहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ७० हजार ९२ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ को छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ।
प्रतिक्रिया