ad ad

कारोबार


४ हजार ५७४ पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि, २८५ निको भए, ६ को मृत्यु

४ हजार ५७४ पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि, २८५ निको भए, ६ को मृत्यु

नेपालखबर
माघ १३, २०७७ मंगलबार ११:४२,

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो दिएको जनाकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित हुनेमा १३० जना महिला र १७३ जना पुरुषरहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ७० हजार ९२ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ को छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ।

 त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .