ad ad

समाज


गोस्वामी जेल जानसक्ने, टिभीको टीआरपी बढाउन ४० लाख बुझाएको दासगुप्ताको भनाइ

गोस्वामी जेल जानसक्ने, टिभीको टीआरपी बढाउन ४० लाख बुझाएको दासगुप्ताको भनाइ

नेपालखबर
माघ १२, २०७७ सोमबार ८:३०,

रिपब्लिक टिभीका मालिक तथा प्रधान सम्पादक रहेका गोस्वामीमाथि यसअघि पैसा दिएर टीआरपी बढाउने कार्य गरेको आरोप लागेको थियो।

टीआरपी काण्डका उनका कर्तुतहरु यतिबेला बाहिरिन थालेका हुन्। जसका कारण उनी फेरि जेल जानसक्ने अवस्था आएको हो।

टीआरपी बढाउन पैसा दिएको भन्दै यसअघि नै उनी हिरासत पुगेका थिए। हाल उनी जमानतमा छाडिएका छन्।

पैसा दिएर टीआरपी बढाउने कार्यमा लागेको भन्दै अन्य दुई टेलिभिजनका अधिकारी र टीआरपी तोक्ने बार्क नामक संस्थाका पूर्व प्रमुख पार्थो दासगुप्ता हाल जेलमै छन्।

पहिले गोस्वामीले टीआरपी बढाउन आफूले पैसा नतिरेको बताउँदै आएका थिए। यतिबेला टीआरपी तोक्ने बार्कका पूर्व प्रमुख दासगुप्ताले आफैंले टीआरपी बढाउन सहयोग गर्नका लागि गोस्वामीले आफूलाई ४० लाख रुपियाँ प्रदान गरेको बताएका छन्।

Arnab Goswami Paid Me $12,000, Rs 40 Lakh To Fix TRPs: Ex-BARC CEO Partho  Dasguptaदासगुप्ता र गाेस्वामी

त्यससँगै आफूलाई गोस्वामीले १२ हजार अमेरिकी डलर छुट्टी मनाउन पनि प्रदान गरेको उनको भनाइ छ।

यसअघि प्रहरीले गोस्वामी र पार्थो दासगुप्ताबीचको वाट्सएप म्यासेज पनि अनुसन्धान गरेको बताएका थिए।

त्यहाँ टीआरपी बढाउने विषयमा कुराकानी भएको देखिएको थियो। वाट्सएप म्यासेजमा गोस्वामीले आप्नो रिपब्लिक टीभीको टीआरपी बढाउन दासगुप्तासँग मद्दत मागेको प्रहरीले बताएका थिए।

टीआरपीको सिधा सम्बन्ध विज्ञापनबाट आउने पैसासँग हुन्छ। टीआरपी बढेमा विज्ञापन बढ्छ र टीभीले प्रसस्तै आम्दानी गर्न सक्छन्। टीआरपीमा आएको घटीबढीले हजारौं करोडको आम्दानीमा असर पुग्ने बताइएको छ।

त्यसकारण टीआरपी बढाउनकै लागि अवैध रुपमा पैसाको लेनदेन हुने कार्यलाई अवैधानिक मानिन्छ।

यो पनीः गोस्वामीको विषयमा पाकिस्तानी प्रधानमन्त्रीको पनि प्रतिक्रिया, मोदीको गरे आलोचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .