ad ad

समाज


महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो

महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो

नेपालखबर
माघ १२, २०७७ सोमबार ६:३७,

महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

ज्यान जानेमा मोटरसाइकलमा सवारी औरही नगरपालिका– ४ कठुवारका महबुल नदाफका १३ वर्षीय छोरा गुड्डु नदाफ र २० वर्षीय प्रमोद राम छन् ।

सोमबार बिहान गौशाला–औरही सडक खण्डमा ना.८ख ९० नम्बरको टिपरले ज.६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भए जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक दुवै जनाको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको र ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .