ad ad

राजनीति


केपी ओलीको ‘धूलो छाप’ पार्टीमा कोही नजानुहोला : माधव नेपाल (भिडिओ)

केपी ओलीको ‘धूलो छाप’ पार्टीमा कोही नजानुहोला : माधव नेपाल (भिडिओ)

नेपालखबर
माघ १२, २०७७ सोमबार ६:३६,

आन्दोलनरत नेकपाका एक जना अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समूहलाई ‘धूलो छाप’ पार्टीकाे संज्ञा दिएका छन्।

सोमबार बिहान काठमाडौंको पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले ओलीको ‘धूलो छाप’ पार्टीमा काेही नजान आग्रह गरेका हुन्।

‘उहाँको केन्द्रीय कमिटी गुटको सदस्य संख्या १५ सय १ भन्नुभएछ, मैले हल्ला सुनिसकें २५ सय १ पुगिसक्यो रे’, उनले भने, ‘अब हुन सक्छ ५ हजार बनाउन पनि बेर छैन, ५ हजारले पनि पुगेन भने १० हजार बनाउने, त्यसैले मैले भन्ने गरेको छु, त्यो सडक छाप होइन, धूलो छाप पार्टी हो, केपी ओलीको धूलो छाप पार्टीमा कोही नजानुहोला।’ 

उनले अहिलेको लडाइँ ओलीले लगाएको आरोपजस्तो पदको नभई संविधान र गणतन्त्रका लागि भइरहेको बताए।

‘संविधान बचाउने किन नबचाउने, संघीयता बचाउने किन नबचाउने, गणतन्त्र बचाउने कि नबचाउने, समावेशीता संरक्षण गर्ने कि नगर्ने र यो देशलाई समाजवादको दिशामा लाने कि नलाने, भ्रष्टाचारलाई प्रोत्साहन गर्ने कि नियन्त्रयण गर्ने,’ नेता नेपालले भने, ‘यो लडाइँ सही विचारको लडाइँ हो, गलत विचारविरुद्धको लडाइँ हो। त्यसैले तपाईंहरूले खुट्टा घडबडाउनुपर्ने आवश्यकता छैन, कुनै कुरामा भ्रमित हुनुपर्ने आवश्यकता छैन।’

नेता नेपालले प्रधानमन्त्री केपी ओली छाडा मान्छे भएको आरोप पनि लगाए। ‘उहाँ पार्टीको अनुशासन मान्नु हुन्न, उहाँ गुटमा रमाउन चाहनुहुन्छ। गुटमा रमाउने उहाँको प्रवृत्ति छ,’ उनले भने।

नेता माधव नेपालका थप भनाइ तलको भिडिओमा सुन्नुहोला :

२ नं प्रदेशका कार्यकर्ता कमरेडहरूसँग भेटघाट कार्यक्रममा अध्यक्ष क.माधवकुमार नेपाल ।पार्टी कार्यलय पेरिसडाडा २०७७ माघ १२ गते ।

Posted by Bishnu Sapkota Jugal on Sunday, January 24, 2021

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .