भारतमा चाँडै नाकबाट दिइने अर्थात् इन्ट्रानेजल खोप (भ्याक्सिन) आउने सम्भावना छ।
भारतीय सञ्चारमाध्यमका अनुसार हैदरबादस्थित कोभ्याक्सिन बनाउने कम्पनी भारत बायोटेकले नाकबाट दिन मिल्ने कोरोना भ्याक्सिन पनि बनाइरहेको हो।
प्रयोगशालामा जनावरमा गरिएको परीक्षणमा यो सफल भइरकेको दाबी गरिएको छ। मानिसका लागि पनि यो भ्याक्सिन सुरक्षित छ/छैन भन्ने विषयमा औषधि नियामकको विज्ञ टोलीले भारत बायोटेक कम्पनीलाई पहिलो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिइसकेको छ। यो खोप प्रयोगका लागि अनुमति प्राप्त भएका भारतीय वैज्ञानिक खुसी भएका छन्।
चिकित्सका अनुसार यो भ्याक्सिनले शरीरमा कोरोना भाइरस जाने बाटो बन्द गरिदिन्छ। तपाईंको नाकमा बिनासुई छोटो सिरिन्जमार्फत झोल औषधि स्प्रे गरेर छिराइन्छ।
यसको असर दुई हप्तामा देखिन थाल्ने र यो खोप बच्चालाई समेत सजिलै दिन सकिने वैज्ञानिकले बताएका छन्।
कस्तो हुन्छ त नाकबाट दिने भ्याक्सिन?
–जसरी मांशपेसीमा सुईमार्फत लगाइने भ्याक्सिनलाई इन्ट्रामस्कुलर भ्याक्सिन भनिन्छ, त्यसैगरी नाकमा थोपा हालेर दिइने भ्याक्सिनलाई इन्ट्रानेजल भ्याक्सिन भनिन्छ। यो नेजल स्प्रेजस्तै हो।
–यसको राम्रो पक्ष के हो भने यो भ्याक्सिन दिन कुनै इन्जेक्सनको जरुरत पर्दैन। ओरल भ्याक्सिनजस्तो मुखबाट हालिरहन पनि नपर्ने। सरल शब्दमा यो भ्याक्सिनले त्यो ठाउँमा युद्ध गर्छ, जुन ठाउँबाट कोरोना भाइरस मानिसको शरीरभित्र प्रवेश गर्न सक्छ उसलाई त्यहीं रोकिदिन्छ। यसको असर चाँडै र निकै प्रभावकारी हुन्छ।
नाकबाट दिइने यो भ्याक्सिनले कोरोना भाइरसबाट बचाउनाका साथै यसबाट हुने रोगसमेत फैलिन नदिने वैज्ञानिकले दाबी गरेका छन्। यो सिंगल डोज अर्थात् एकपटक दिएपछि हुने खोप हो। यसको साइड इफेक्ट पनि सुईमार्फत दिइने खोपको भन्दा कम हुने वैज्ञानिकको दाबी छ।
प्रतिक्रिया