ad ad

समाज


कोरोना खोप उत्पादन गर्ने भारतीय कम्पनीमा भीषण आगलागी, भित्र भेटिए ५ वटा शव

कोरोना खोप उत्पादन गर्ने भारतीय कम्पनीमा भीषण आगलागी, भित्र भेटिए ५ वटा शव

नेपालखबर
माघ ८, २०७७ बिहिबार १३:३४,

भारतस्थित कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनी सिरम इन्स्टिच्युटमा बिहीबार भीषण आगलागी भएकाे छ। जलेर ५ जनाको मृत्यु भएको छ।

पुणेस्थित कम्पनीको टर्मिनल-१ का चौथो र पाँचौं तलामा भएको भीषण आगलागी भएकाे हाे।

आगाे नियन्त्रण गरिसकेपछि भित्र  ५ वटा शव भेटिएका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार ६ कर्मचारीलाई भने सुरक्षित निकालिएको छ। 

siiram1

आगो बीसीजी खोप उत्पादन गर्ने प्रयोगशालामा लागेको हो। 

पुणेका मेयर मुरलीधर मोहोलले मृत्यु भएका मानिस प्लान्टमा काम गर्ने मजदुर हुन्। अझै प्लान्टमा खोजी जारी छ। आगो के कारणले लाग्यो भन्ने कुरा अहिलेसम्म खुलिनसकेको उनले बताएका छन्।

यसअघि सिरमका कार्यकारी अधिकृत अदार पुनावालाले सामाजिक सञ्जालमार्फत आगलागीमा कसैको पनि मृत्यु नभएको बताएका थिए। तर पछि मृत्युको सूचना पाएपछि उनले गहिरो दुःख व्यक्त गरेका छन्।  

सिरम कम्पनीले कोरोनाविरुद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेको कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ। तर आगलागीले त्यसमा कुनै क्षति नपुर्‍याएकाे बताइएको छ।

पुणेका पुलिस कमिस्नर अमिताभ गुप्ताले सिरमको मन्जरी प्लान्टमा मात्र आगलागी भएको बताए। उनका अनुसार त्यहाँ खोप उत्पादन उत्पादन सुरु भइसकेको थिएन, उत्पादनकाे तयारी भइरहेको थियो।  

सिरमलाई  खाेप उत्पादनमा विश्वकै ठूलाे कम्पनी मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .