ad ad

समाज


काँकरभिट्टा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना, दुई जनाको मृत्यु, १७ घाइते

काँकरभिट्टा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना, दुई जनाको मृत्यु, १७ घाइते

नेपालखबर
माघ ८, २०७७ बिहिबार ३:४,

सर्लाहीको हरिवनमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ज्यान गुमाउने दुबै महिला छन्।

दुर्घटनामा १७ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये चालकसहित पाँच जनाको अवस्था गम्भीर छ।

दाङबाट झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज बिहान चार बजे हरिवन- ११ स्थित सशस्त्र क्याम्प नजिक दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा दाङको राप्ती गाउँपालिका ५ की २३ वर्षीया निर्मला चौधरी र सोही ठाउँकी राजकुमारी चौधरी छन्। प्रहरीका अनुसार राजकुमारीको घटनास्थलमै मृत्यु भएको हो भने निर्मलालाई हरिवनमा रहेको नमूना अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

बसका चालक रुपेन्देहीको बुटवलका अर्जुन ज्ञवाली, कन्डक्टर किशोर सुवेदीसहित पाँच जनाको अवस्था गम्भीर छ। उनीहरुलाई हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको प्रहरीले जनाएके छ।
हुस्सु लागेको बेला चालकले तीव्र गतिमा बस चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। बसमा ३० यात्रु सबार थिए। बाँकी यात्रु भने सकुशल छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .