अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका नाममा एउटा पत्र लेखेर ह्वाउट हाउस (राष्ट्रपतिको कार्यालय) मा छाडेको पाइएको छ।
यसलाई ट्रम्पले अन्य धेरै परम्परा तोडे पनि आफ्ना उत्तराधिकारीका नाममा पत्र लेख्ने दायित्व निर्वाह गरेको रूपमा लिइएको छ।
तर त्यस पत्रमा के लेखिएको छ भन्ने कुरा अहिले नखुलाउने बाइडेनले बताएका छन्।
सीएनएनका अनुसार बाइडनेले भनेका छन्, ‘किनकि यो निजी हो, यसबारे म जबसम्म उनी (ट्रम्प) सँग कुरा हुँदैन तबसम्म नबोलुँ।’
त्यस पत्रमा बाइडेनलाई के लेखिएको रहेछ भन्ने प्रश्नमा प्रेस सेक्रेटरी जेन साकीले बाइडेनले पत्र खोलेर हेर्दै ‘उदार र अनुकूल’ भनेको मात्र जवाफ दिए।
उनका अनुसार यो निजी पत्र सार्वजनिक गरिने छैन। उनले यो के पनि जानकारी गराए भने बाइडेन र ट्रम्पबीच तत्काल संवाद गर्ने कुनै योजना छैन।
प्रतिक्रिया