विभिन्न लागुऔषध सहित ९ जना पक्राउ परेका छन्।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन, एम्फेटामाइन र नगदसहित ९ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
पक्राउ परेका व्यक्तिको साथबाट ५३६.५ ग्राम खैरो हेरोइन, ७.५ ग्राम एम्फोटामाइन, लागुऔषध तौल गर्ने मेसिन, अमेरिकन डलर ६१ सय र ६ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरेको छ।
पक्राउ पर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसांग योल्मुले, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीमप्रसाद लोवा, झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ, काठमाडौंको गोकर्णेश्वरका सोनाम कागते रहेका छन्।
उनीहरुले लागुऔषक कारोबार गर्नका लागि एउटै सञ्जाल निर्माण गरी एक आपसमा समन्वय गरेर कारोबार गर्ने गरेको ब्युरोले जनाएको छ। अझै केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी तथा अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता कृष्णकुमार महतले बताए।
प्रतिक्रिया