ad ad

समाज


कोरोना निकाे भएकामध्ये एकतिहाइ मानिस ५ महिनापछि पुनः अस्पताल भर्ना, हरेक ८ जनामध्ये एकको मृत्यु: अध्ययन

कोरोना निकाे भएकामध्ये एकतिहाइ मानिस ५ महिनापछि पुनः अस्पताल भर्ना, हरेक ८ जनामध्ये एकको मृत्यु: अध्ययन

नेपालखबर
माघ ७, २०७७ बुधबार १२:३३,

सामान्यतया कोरोना संक्रमण भएर ठीक भइसकेका व्यक्तिलाई फेरि गम्भीर बिरामी पर्ने र अस्पताल भर्ना हुने सम्भावना एकदमै कम हुने विश्वास गरिन्छ।

तर बेलायतमा गरिएको अध्ययनले कोरोनाबाट मुक्त भएका करिब एकतिहाइ मानिस ५ महिनाभित्र फेरि अस्पताल भर्ना हुनुपरेको र भाइरसले ल्याएको स्वास्थ्य जटिलताका कारण हेरक ८ बिरामीमध्ये एक जनाकाे मत्यु भएको तथ्य पत्ता लगाएको छ।

अध्ययनअनुसार अस्पतालबाट डिस्चार्ज भएका ४७ हजार ७८० जनामध्ये २९.४ प्रतिशत व्यक्ति १४० दिनभित्र अस्पतालमा फेरि भर्ना हुनपर्‍याे। जसमध्ये १२.३ प्रतिशत बिरामीको मृत्यु भयो।

अध्ययनको नतिजा मूल रूपमा बेलायतको अखबार ‘द टेलिग्राफ’ मा प्रकाशन गरिएको थियो। धेरै अध्ययनले यो प्रमाणित गरिसकेका छन् कि कोरोना संक्रमण निको भए पनि त्यसले विभिन्न अंगमा क्षति पुर्‍याउने तथा लामो समयसम्म विभिन्न स्वास्थ्य समस्या ल्याउने गर्छ।

जसअन्तर्गत धेरैजसो मुटुसम्बन्धी रोग, कलेजो र मिर्गाैला फेल हुने समस्या बढी देखिएका छन्। एक प्रतिवेदनअनुसार यस्ता समस्या ७० वर्षभन्दा कम उमेरका मानिसमा देखिएका छन्।

लगभग सबै कोरोनाका बिरामीमा दीर्घकालीन श्वाससम्बन्धी रोग देखिएको छ, जसमा धेरैजसो यसअघि कुनै रोग नभएका मानिस पर्छन्। चीनमा हालै गरिएको एक अध्ययनले लगभग तीनचौथाइ बिरामी संक्रमणबाट मुक्त हुन्छन्, तर उनीहरूमा ६ महिना पछिसम्म पनि लक्षण देखिए। अध्ययनले के चेतावनी पनि दिएको छ भने त्यस अवधिमा एन्डिबडीको स्तर पनि नाटकीय रूपमा घटेको पाइयो, जसले मानिस फेरि संक्रमित हुने जोखिम बढाउँछ।

चीनको उहानमा गरिएको उक्त अध्ययनको नतिजा द लानसेट पत्रिकामा प्रकाशित छ। जसअनुसार ७६ प्रतिशत मानिस कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थिए, तर संक्रमण मुक्त भएपछि पनि ६ महिना पछिसम्म पनि उनीहरूमा कुन न कुनै एक लक्षण देखिइरह्यो।

उक्त अध्ययनमा १ हजार ७३३ व्यक्तिलाई सहभागी गराइएको थियो, जो चीनको उहानमा कोरोनाबाट संक्रमित भएका थिए। निको हुने क्रममा जुनदेखि सेप्टेम्बरसम्म उनीहरूको निगरानी गरिएको थियो।

द लानसेट पत्रिकाका अनुसार अध्ययनमा सहभागीमध्ये ६३ प्रतिशत मानिसले आफूमा थकान र मांशपेसी दुख्ने लक्षण देखिएको बताएका थिए। साथै उनीहरूले चिन्ता, निराशा र अनिद्राको समस्या पनि देखिएको जानकारी गराएका थिए। यसबाहेक जुन व्यक्ति कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका थिए, तिनलाई साससम्बन्धी समस्या र मिर्गाैलामा क्षति भएको पाइएको थियो।

वैज्ञानिकले कोरोना संक्रमण ठीक भएपपिछ पनि किन लामो समयसम्म समस्या देखिन्छ भन्ने कारण पत्ता लगाउन लगातार अध्ययन गरिरहेका छन्। तर अहिलेसम्म यसको वास्तविक कारण पत्ता लगाउन सकेका छैनन्। एजेन्सी

याे पनि : कोरोना संक्रमणमा देखापर्‍याे अर्काे नयाँ लक्षण : अनुसन्धानकर्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .