कारोबार


तिलोत्तमाले दियो दुग्ध उत्पादक किसानलाई ४६ लाख रुपैयाँ अनुदान

तिलोत्तमाले दियो दुग्ध उत्पादक किसानलाई ४६ लाख रुपैयाँ अनुदान

प्रकाश न्यौपाने
माघ ७, २०७७ बुधबार १२:२४,

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ।

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा प्रतिलिटर एक रुपैयाँका दरले अनुदान रकम प्रदान गरेको हो। अनुदानलाई साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत् बिक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए।

उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ प्राप्त गरेका छन्। सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेको नगरपालिकाले जनाएको छ।

दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन्। उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरील बताइन्।

यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ। केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैयाँ प्राप्त गरेको हो। यस्तै, वडा नं. १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७ रुपैयाँ, वडा नं. ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैयाँ प्राप्त गरेका छन्।

नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख रुपैयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो। गत वर्षको तुलनामा यो वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख रुपैयाँ बढी अनुदान रकम प्राप्त गरेका छन्।

दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दुध सहकारीमार्फत बिक्री वितरण हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .