समाज


चाँदीका गहना र सुनसहित दुई पक्राउ

चाँदीका गहना र सुनसहित दुई पक्राउ

नेपालखबर
माघ ७, २०७७ बुधबार ५:४२,

सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन्।

नवलपुर–मलंगवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलंगवा सडकखण्डमा सवारी जाँच गर्ने क्रममा अवैध चाँदी र सुनसहित रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षीय मोटरसाइकल चालक शशिकृष्ण गजमेर र पछाडि सवार सरोज विकलाई पक्राउ गरेको जनाएको छ।

छिमेकी देश भारतबाट मलंगवा हुँदै नवलपुरतर्फ आएको बा६९प ५१६१ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा भन्सार छलेर ल्याइएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७।७ लाल सुन झोलामा पोका पारेर लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

उनीहरुको साथबाट नगद रु ३७ हजार ५०० समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय मलंगवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad