जनकपुरबाट दुईथान नलकटुवा पेस्तोलसहित एक किशोर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका १ सोहनीका १८ वर्षीय विवेक यादव रहेका प्रहरीले जनाएको छ।
उनलाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका १९ स्थित बावननबिग्हा जाने सडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट दुईवटा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
यादवले हतियार ओसारपसार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरेको थियो। यादवमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया