समाज


कोरोना संक्रमण उपचारमा प्लाज्मा विधिले गरेन काम : अनुसन्धानकर्ता

कोरोना संक्रमण उपचारमा प्लाज्मा विधिले गरेन काम : अनुसन्धानकर्ता

नेपालखबर
माघ ६, २०७७ मंगलबार ०:३९,

बेलायतका अस्पतालमा गरिएका परीक्षणले कोरोना संक्रमणको सम्भावित उपचारविधिको रूपमा हेरिएको ‘रगत प्लाज्मा’ले बिरामीको मृत्यु हुने जोखिम नघटाएको देखाएका छन्।

यो विधिअन्तर्गत कोरोना संक्रमण निको भएका व्यक्तिको शरीरबाट रगतको प्लाज्मा निकालिन्छ र गम्भीर अवस्थाका संक्रमितको शरीरमा हालिन्छ। त्यसो गर्दा उसको प्रतिरक्षा प्रणाली बलियो बन्ने र भाइरसलाई जितेर निको हुन मद्दत पुग्ने अपेक्षा गरिन्छ।

तर बेलायतका १० हजार ४ सय बिरामीमा गरिएको अध्ययन तथा कोरोना संक्रमणका कारण भएका १ हजार ८ सय ७३ मृत्युको विश्लेषण गर्दा प्लाज्मा उपचारले ‘कुनै उल्लेखनीय भिन्नता नपारेको’ तथ्य प्राप्त भएको हो।

यो नजिताले कोरोना संक्रमण निको भएका व्यक्तिबाट प्लाज्मा संकलन अभियान चलाएको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस तथा अनुसन्धानकर्तालाई आघात पुर्‍याएको छ।

योसँगै प्लाज्मा संकलन÷दान तथा परीक्षण सबै बन्द गरिएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad