समाज


मध्यराति आइसर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मध्यराति आइसर दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालखबर
माघ ५, २०७७ सोमबार ३:१४,

सोलुखुम्बुमा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

गएराति साढे ११ बजे सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानास्थित महादेव भिरमा बा४ख ७९८० नम्बरको आइसर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।

दुर्घटनामा हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।

दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको आइसर भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। सोलु जलविद्युत् आयोजना .२३.५ मेगावाट) मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन (८६ मेगावाट) दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि चालक सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad