समाज


एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु, १२ वर्षीय भाइ पनि संक्रमित

एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु, १२ वर्षीय भाइ पनि संक्रमित

नेपालखबर
माघ ५, २०७७ सोमबार ३:१,

 सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ।

राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जित झाले जानकारी दिए।

एचआइभीको कारण किशोरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। नौ वर्षअघि एचआइभी एड्स संक्रमणबाटै उनका बाबुआमाको पनि मृत्यु भएको आफन्तले बताएका छन्। संक्रमित बुवाआमाबाट जन्मिएकी छोरीको समेत सोही कारणले मृत्यु भएको डा.झाले बताए।

किशोरीकी आमाको मृत्यु विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट भएको थियो। त्यसको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको बताइएको छ।

मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित छन्। उनले नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad