समाज


भारतीय पत्रकार अर्नब गोस्वामीको कर्तुत बाहिरियो, फेरि जेल जानसक्ने

भारतीय पत्रकार अर्नब गोस्वामीको कर्तुत बाहिरियो, फेरि जेल जानसक्ने

नेपालखबर
माघ ३, २०७७ शनिबार ६:१०,

रिपब्लिक टिभीको मालिक र प्रधान सम्पादक रहेको गोस्वामीमाथि यसअघि पैसा दिएर टीआरपी बढाउने कार्य गरेको आरोप लागेको थियो।

टीआरपी काण्डका उनका कर्तुतहरु यतिबेला बाहिरिन थालेका छन्। जसका कारण उनी फेरि जेल जानसक्ने अवस्था आएको हो।

टीआरपी बढाउन पैसा दिएको भन्दै यसअघि नै उनी हिरासत पुगेका थिए। हाल उनी जमानतमा छाडिएका छन्।

पैसा दिएर टीआरपी बढाउने कार्यमा लागेको भन्दै अन्य दुई टेलिभिजनका अधिकारी र टीआरपी तोक्ने बार्क नामक संस्थाका पूर्व प्रमुख पार्थो दासगुप्ता हाल जेलमै छन्।

पहिले गोस्वामीले टीआरपी बढाउन आफूले पैसा नतिरेको बताउँदै आएका थिए। यतिबेला प्रहरीले गोस्वामी र पार्थो दासगुप्ताबीच वाट्सएपमा भएको कुराकानीलाई सार्वजनिक गरेका छन्।

जहाँ टीआरपी बढाउने विषयमा कुराकानी भएको देखिन्छ। बीबीसीहिन्दीका अनुसार वाट्सएप म्यासेजमा गोस्वामीले आप्नो रिपब्लिक टीभीको टीआरपी बढाउन दासगुप्तासँग मद्दत मागेका छन्।

उनले प्रधानमन्त्री कार्यालयको सहयोगमै त्यस्तो गरेको बुझिन्छ। एउटा म्यासेजमा उनले भनेका छन्,‘देशका सबैमन्त्री हाम्रो साथमा छन्।’

टीआरपीको सिधा सम्बन्ध विज्ञापनबाट आउने पैसासँग हुन्छ। टीआरपी बढेमा विज्ञापन बढ्छ र टीभीले प्रसस्तै आम्दानी गर्न सक्छन्। टीआरपीमा आएको घटीबढीले हजारौं करोडको आम्दानीमा असर पुग्ने बताइएको छ।

भारतमा बीएआरसी बार्क नामको एजेन्सीले टीआरपी तय गर्दछ।

मुम्बई प्रहरीका अनुसार बार्कले टीआरपीको काम गर्न हंसा नामको एक एजेन्सीलाई दिएको छ।

हंसा एजेन्सीका अधिकारीहरुले रिपब्लिकसहित केही टेलिभिजनसँग अवैध रुपमा पैसा लिएर उनीहरुको टीआरपी बढाएका छन्।

गोस्वामी पत्रकार भएता पनि उनको झुकाव पूर्ण रुपमा भारतीय जनता पार्टीसँग रहेको आरोप लाग्ने गरेको छ।

उनी मोदीको भक्त भएको र उनले अन्य पार्टीका नेताहरुलाई चर्को रुपमा आलोचना गर्ने गरेको पनि उनीमाथि आरोप छ।

यसबीचमा विपक्षी काँग्रेस पार्टीका नेताहरुले टीआरपी काण्डमा मोदी सरकारको साथ गोस्वामीलाई भएको भन्दै सरकारको चर्को रुपमा विरोध जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad