नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप ४०३ कोरोना स.क्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कारोना संक्रमितको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९४३ पुगेको छ।

प्रतिक्रिया