नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित राउण्डग्लास पञ्जाव फुटबल क्लबले आईलिग फुटबलमा पहिलो हार व्यहोरेको छ।
शुक्रबार किरणले कप्तानी सम्हालेको खेलमा पञ्जाव, गोकुलम केरला एफसीसँग ४–३ गोल अन्तरले पराजित भएको हो।
पञ्जाबले खेलको पहिलो हाफमा ३–१ ले अग्रता बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा लिगमा पहिलो हार भोग्न बाध्य भयो।

गोकुलमले भने लिगमा पहिलो जित दर्ता गर्न सफल भएको छ। पञ्जावले पहिलो खेलमा आइज्वाल फुटबल क्लबलाई १–० ले पराजित गरेको थियो। गोकुलमले भने पहिलो खेल चेन्नईसँग २–१ ले गुमाएको थियो।
पञ्जाबका लागि चेन्चो गेल्टसेनले १७ र २५ औं मिनेटमा गोल गरे। पहिलो हाफको ४४ औ मिनेटमा चेन्चोको पासमा रुपर्ट नोनग्रामले गोल गरे।
गोकुलम केरलाका तर्फबाट फिलिप एडजाले २६औँ मिनेटमा, डेनी एन्ट्वीले ६९औँ र ७२औँ मिनेटमा तथा राउन्डग्लासका अनवर अलीले ७५औँ मिनेटमा आत्मघाती गोल गरेका थिए।
पञ्जावले आगामी मगंलबार चर्चिल ब्रदर्श फुटबल क्लब गोवासँग खेल्नेछ।

प्रतिक्रिया