समाज


क्यान्सरसँग लड्दै साहित्यकार रेशम विरही

क्यान्सरसँग लड्दै साहित्यकार रेशम विरही

नेपालखबर
साउन १९, २०७६ आइतबार १२:१४,

पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील रेशम विरही क्यान्सर रोगसँग लडिरहेका छन्।

चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसकेका विरहीका नौ वटा कृति प्रकाशित भइसकेका छन्।

हाल भरतपुर महानगरपालिका वडा नं १६ मा बसोबास गर्दै आएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ। उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्। पहिलो चरणको केमोपछि घरमा आराम गरिरहेका विरहीलाई १५ दिनको फरकमा चारपटक केमो दिएपछि आन्द्राको शल्यक्रिया गर्ने चिकित्सकले जनाएका छन्।

शल्यक्रियापछि पेट स्क्यान गरेर क्यान्सर बाँकी रहे नरहेको हेर्न सकिने चिकित्सकले सुझाएको उनले बताए। जीवनभर पत्रकारिता र साहित्यमा लागे पनि आर्थिक उपार्जन गर्न नसकेका विरहीको उपचारमा २० लाख रुपैयाँको हाराहारी खर्च हुने अनुमान गरिएको छ।

उनको उपचार सहयोगार्थ चितवन र नेपालगञ्जका पत्रकारले आर्थिक संकलन गर्ने तयारी गरेका छन्। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले अस्पतालमा उपचार गर्दा केकति सहुलियत गर्न सकिन्छ त्यसको पहल गर्दै आर्थिक संकलनका लागि तयारी गरिरहेको बताए।

महासंघ चितवन शाखाका सदस्यसमेत रहेका विरही पछिल्लो समय साहित्यिक कार्यक्रममा बढी क्रियाशील हुनुहुन्छ। ६६ वर्षीय विरहीले विसं २०२८ मा मातृभूमि पत्रिकाबाट पत्रकारिता शुरु गरेका हुन्। प्रतिध्वनि, हिमाली हुलाक, मुलुकी आवाज, नेपाल समाचारपत्र, अभिनन्दन, समानान्तर दैनिक र भरतपुर मासिक पत्रिकामा सम्पादनको भूमिका निर्वाह गरिसकेको छन्।

उनी नेपालगञ्जको कालपृष्ठ दैनिकको अतिथि सम्पादक छन् भने चितवन पोष्टसहित विभिन्न राष्ट्रिय र स्थानीय पत्रिकामा स्तम्भकारका रुपमा काम गरिसकेका छन्। उनको विसं २०३६ मा पहिलो कृति ‘मूलाको बोक्रा’ कविता सङ्ग्रह प्रकाशित भएको थियो भने पछिल्लो कृति प्रेमदासको डायरी विसं २०७४ मा प्रकाशित भएको छ।

यसबीचमा उनका भित्तामा रंग, मंगली गुप्ताको पान, आधारभूत पत्रकारिता पाठ्यपुस्तकलगायतका नौ वटा पुस्तक प्रकाशित भएका छन्। दुई वटा पुस्तक प्रकाशनको तयारी भए पनि आफू बिरामी भएपछि रोकिएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad