ad ad

समाज


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारकाे छापा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारकाे छापा

वाशुदेव मिश्र
साउन १९, २०७६ आइतबार १२:१,

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा अख्तियारले छापा मारेको छ। आर्थिक अनियमिता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले त्यहाँ छापा मारेको हो।

अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार त्यहाँबाट छानबिन गर्न कागजात नियन्त्रणमा लिइएको छ। अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमिता भएको उजुुरीलाई आधार मानेर छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको उनले बताए।

यस वर्ष खरिद गर्न लागेका सामाग्रीहरुको समेत कागजात ल्याएर अनुसन्धान थालेको उनले बताए। केही दिन अगाडी मात्रै अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरी आएकाले सो को कागजपत्र समेत नियन्त्रणमा लिने उनकाे भनाइ छ।

आइतबार नै दिने कागजातहरु लिने भनिएता पनि प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापा काठमाडाैं रहेका कारण सो सम्बन्धी कागजात थापा आफैले ल्याउने उनले बताए।

सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो भने चार वटा गैह्र सरकारी संस्थाले निवेदन दिएका थिए। अस्पताल भित्र सामाजिक इकाई सञ्चालन गर्ने अधिकार अस्पतालका निर्देशकको हुने व्यवस्था बनाईएको छ।

अस्पताल व्यवस्थापन समितिलाई वेवास्ता गर्दै डीनको संयोजकत्वमा बनाइएको समिति माथि आर्थिक चलखेल भएको उजुरी अख्तियारमा परेको उनले बताए। अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था गोनेसा, कोपिला नेपाल, कम्युनिटी सर्पोट ग्रुप र टिम लिडर लोकल अर्गानाइजेसन समेतले आवेदन दिएका थिए।

अस्पतालमै कार्यरत कर्मचारीहरु रहेको गैह्रसरकारी संस्था असल छिमेकी सहयोगी संस्था गोनेसालाई दिने निर्णय अस्पतालले गरेपछि उजुरी अख्तियारमा परेका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .