समाज


‘मोडल हन्ट नेपाल’को आवेदन खुल्ला

‘मोडल हन्ट नेपाल’को आवेदन खुल्ला

नेपालखबर
पुस २८, २०७७ मंगलबार ९:१६,

प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको सौदर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण सुरु भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘मोडल हन्ट नेपाल’को नयाँ सेसनका लागि आवेदन खुल्ला भएको जनाएको हो।

१६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च उचाई तथा युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने मुख्य प्रावधान राखिएको छ।

उचित ज्ञान सहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने ब्यावसाहिक मोडल उत्पाद गर्ने उदेश्यले बिगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा पछिल्लो समय युवा युवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।

प्रतियोगिताका लागि पहिलो चरणको अडिसन अगामी माघ १० गते काठमाडौमा आयोजना हुँदैछ। पहिले चरणको प्रतियोगितामा छानिएका प्रतियोगीले मात्र फाइनल प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन्।

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङ सम्बन्धी व्यक्तित्व विकास, शारीरिक बनावट, मोडल हिंडाई, आत्मविश्वास, एटिट्युडलगायत विभिन्न थीममा आधारित फोटोशुट, रनवे प्रस्तुतिकरणलगायतका ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइनेछ।

प्रतियोगिताको विजेताले नगद एक लाख सहित उपाधिका साथमा दक्षिण कोरियामा सचालन हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिताको अवसर प्राप्त गर्नेछन् भने मोडलिङको विभिन्न विधा तथा मिडिया विशेष अवसर प्राप्त गर्नेछन्।

यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिता, वेभ म्यागाजिनको कभर पेजमा तस्बिरको अवसर समेत प्राप्त आयोजक जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad