समाज


तनावका बेला इरानले फेरि अर्को विदेशी तेल ट्यांकर नियन्त्रणमा लियो

तनावका बेला इरानले फेरि अर्को विदेशी तेल ट्यांकर नियन्त्रणमा लियो

नेपालखबर
साउन १९, २०७६ आइतबार ११:४२,

इरानले विदेशी ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन्।

प्राप्त विवरणहरूका अनुसार सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बताइएको छ। ट्याङ्करका सात चालकलाई पनि इरानी पक्षले आफ्नो नियन्त्रणमा राखेको छ।

इरान सरकारले सञ्चालन गरेको टीभीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले “केही अरब देशका लागि इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियन खाडीबाट आफ्नो नियन्त्रणमा लिएको“ उल्लेख गरेको छ।

अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ। इरानको सेपाह न्यूजको वेबसाइटका अनुसार सङ्गठित तस्करीविरुद्ध जलसेनाको गस्तीका क्रममा सो ट्याङ्कर फेला परेको थियो।

इरानले इन्धन तस्करीको आरोपमा ट्याङ्कर समातेको यो दोस्रो पटक हो। गत जुलाई १५ मा इरानी सुरक्षाकर्मीहरूले पानामाको ध्वजावाहक एमटी रिया नामक जहाज आफ्नो नयन्त्रणमा लिएको थियो।

सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट भिन्न भएपछि अमेरिका इरानमाथि पुनः प्रतिबन्धहरू लगाएको थियो।

गत महिला इरानले ब्रिटिश ध्वजावाहक ट्याङ्कर स्टेना इम्पेरो आफ्नो नियन्त्रणमा स्ट्रेट अफ होर्मुजबाट आफ्नो नियन्त्रणमा लिएको थियो।

गत मे र जुन महिनामा ओमानको खाडीमा दुईवटा तेलवाहक ट्याङ्करमा इरानले आक्रमण गरेको अमेरिकाले आरोप लगाएको छ। तर इरानले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad