अटो


कम्पनीमा दर्ता भएका यातायात समितिको बैंक खाता खुल्ला

कम्पनीमा दर्ता भएका यातायात समितिको बैंक खाता खुल्ला

नेपालखबर
साउन १९, २०७६ आइतबार ११:४०,

सरकारले रोक्का गरेको यातायात समितिको बैंक खाता खुल्ला गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। यातायात व्यवसायीबाट कर असुल गर्न नसकेको तथा यातायात रुटमा समेत सिण्डिकेट लागू भएको भन्दै यातायात व्यवसायीहरु कम्पनीमा दर्ता नहुन्जेलसम्मका लागि सरकारले यसअघि बैंकखाता रोक्का गरेको थियो।

तर आइतबार मन्त्रिपरिषद्का् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कम्पनीमा रूपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिएका हुन्। व्यवसायीहरुले आफूहरुको खाता रोक्का हुँदा दुर्घटनामा परेकाहरुको बीमाबापतको रकम समेत दिन नपाएको दाबी गर्दै आएका थिए। राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले नेपालखबरसँग कुरा गर्दै बैंक खाता खुलाउन अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भइरहेको थियो।

अध्यक्ष कर्माचार्यले भने, ‘हामीले व्यवसायीहरुलाई परेको अप्ठ्यारोको बारेमा जानकारी गराउँदै आएका थियौँ। तर पनि खुल्ला भएको थिएन। मन्त्रिपरिषद्को निर्णयले कम्पनीमा दर्ता हुनेको मात्रै खाता खुल्ला गर्ने निर्णय गरेको छ, सकारात्मक नै छौँ। हाम्रो माग सबै व्यवसायीको खाता खुल्ला हुनुपर्छ भन्ने नै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad